नेकपा एमालेको ११ औं महाधिवेशन आज देखि,अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने
भक्तपुर( नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुदैछ । दिउसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका दिउसो १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्नुहुनेछ । उद्घाटन सभामा ३ लाख जनताको सहभागीता हुने एमालेले जनाएको छ ।
‘ऐतिहासिक ११ औं महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ’ गौतमले भन्नुभयो ‘बागमती,मधेस र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउछन् । अन्य प्रदेशबाट ठूलो संख्यामा कार्यकर्ताहरु आउछन् ।’
कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने गौतमले बताउनुभयो । उद्घाटनको त्यो विशेष तरिका एमालेले सार्वजनिक गरेको छैन । उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिती र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने गौतमले बताउनुभयो । कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकीह्रु प्रष्तुत गर्ने तयारी छ । उद्घाटन सत्रमा नेपाली काँग्रेस लगायत १६ वटा दललाई अतिथीको रुपमा निमन्त्रणा गरिएको गौतमले जानकारी दिनुभयो ।
उद्घाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटहरु तयारी गरिएको छ । कार्यक्रम स्थल भन्दा पश्चिमतिर बाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन् । ति सवारी साधनहरु सानोठिमी स्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




