काठमाडौं / काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये तीन वटा नगरपालिका मा कांग्रेसले जित हात पारेको छ।
दक्षिणकाली नगरपालिकामा कांग्रेस मोहन बस्नेत विजयी भएका छन्।कीर्तिपुर र तारकेश्वरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्।कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्णहरि महर्जनले निर्वाचित भएका छन्।
यो समचार तयार गर्दा सम्म काठमाडौंका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।कागेश्वरी र टोखामा कांग्रेसले अग्रता लिइरहेको छ ।
त्यस्तै कर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा पनि काग्रेसले नै अग्रता लिइरहेको छ ।एमालेले भने बुढानिलकण्ठ नगरपालिकामा अग्रता लिइरहेको छ भने परिणाम आउन बाँकी रहेको छ ।