कुटपिटबाट पत्नीको हत्या, पति पक्राउ
सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो।
मंसिर ९ गते राति करिब १०ः३० बजे ३७ वर्षीया पत्नी मीना शेर्पा बाटोको हत्या गरी शव गाडेको घटनामा प्रेमलाई पक्राउ गरिएको मैनालीले बताउनुभयो। मंसिर ९ गते मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा श्रीमती बाटोबाटै बेपत्ता भएको भन्दै प्रेमले प्रहरीचौकी मादीमा उजुरी गरेका थिए।
प्रहरीले लोग्ने प्रेममाथि शङ्का गर्दै खोजतलास तथा सोधपुछ गर्न क्रममा दोर्चीले हत्या स्वीकार गरेका थिए। पत्नीको हत्या गरेको आरोपमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। शेर्पालाई पक्राउ गरेपछि श्रीमतीको हत्या गरेको खुलेको हो। उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
ताजा अपडेट
-
१.
निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
-
२.
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
-
३.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
-
४.
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
-
५.
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
ट्रेन्डिङ
सम्बन्धित समाचार
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...




