बुधबार, माघ २३, २०८१
English
Follow us:

हामी निर्वाचनको गम्भीर समिक्षा गर्नेछौं : नेपाल

हामी निर्वाचनको गम्भीर समिक्षा गर्नेछौं : नेपाल

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 23
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको बताएका छन् ।

मंगलबार २९ औं मदन(आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी निर्माणको सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समिक्षा गर्नेछौं ।

उनले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् ।गठबन्धनको पनि समीक्षा गर्नेछौं ।’उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए । उनले निर्वाचनका बेला भएको गल्तीलाई आगामी दिनमा ख्याल गर्नुपर्ने बताए ।

अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दा हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं । सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौं ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology