मुख्य समाचार

करेन्ट लागेर एक किशोरको मृत्यु

धनकुटा। धनकुटाको पाख्रीबास नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

बुधबार बिहान पाख्रीबास नगरपालिका–५ चौतरास्थित जंगलमा दाउरा काट्न गएका १४ वर्षीय बादल तामाङको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

मृतक तामाङ पाख्रीबास–५ कै गैरी गाउँ बस्ने लोक बहादुर तामाङका छोरा हुन्। प्रहरीका अनुसार जंगलमा रहेको विद्युत पोललाई सपोर्टका लागि भुईँमा गाडिएको तारमा छोइँदा करेन्ट लागी घटना भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर स्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरिरहेको छ।

घटनासँग सम्बन्धित प्राविधिक पक्षको अनुसन्धानका लागि नेपाल विद्युत प्राधिकरण धनकुटाका प्रतिनिधि समेत घटनास्थलमा पुगेका छन्। घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

 

सम्बन्धित समाचार

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...