प्रमुख खवर

संसद बैठकमा एमालेले अवरोध नगरेपछि संसद सुचारु

काठमाडौं । नेकपा एमालेले संसदको अवरोध खोलेको घोषणा गरेको छ । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको थियो । आज सुरु भएको संसद बैठकमा एमालेले अवरोध नगरेपछि संसद सुचारु भएको हो ।

बैठक सुरु भएलगत्तै बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको बताए ।

देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको उनको भनाइ छ । ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यू निद्राबाट ब्यूँझिनुस् । देशको स्थिति धेरै भयावह भइरहेको छ ।’

उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी दिए । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...