मुख्य समाचार

ट्याङ्करले ठक्कर दिँदा एक बालकको मृत्यु

सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय विनोद मेहताको छोरा वर्षीया ४ का सचिन मेहता रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७  नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते बालकको उपचारको क्रममा अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते बालकको युनिक अस्पताल रायपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लाने क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक बालक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ । ठक्कर दिने ट्यांकरलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...