बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार घाइते
बैतडी। बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।
दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु।प।प्र।०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ । घुम्तीा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घाइतेको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुँदा अल्टो सडकबाट करिब ५ मिटर तल खसेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...




