मुख्य समाचार

नेपाली काम गर्न लजाउँछन्, कामको संस्कृति छैन : हर्क साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशमै श्रम गर्ने संस्कारको विकास गरेर स्वदेशमै सबैको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । देशमा श्रम गर्ने बानीमा ह्रास आउँदा देश धेरै पछाडि परेको उहाँले बताउनुभयो।

शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले श्रम संस्कृतिको माध्यमबाट मान्छेको सोचाइमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो । युवाको मनोविज्ञान र सामाजिक चेतनामा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो। ‘नेपालीहरू देशमा काम गर्न लजाउँछन्, किनभने देशमा काम गर्ने संस्कृति छैन, प्रकृतिले हामीलाई सबै कुरा दिए पनि काम नगरेर हामी गरिब छौं,’ साम्पाङले भन्नुभयो, ‘काम गरेर खानु सानो कुरा भन्ने गलत भाष्यले हामी देशमा पसिना बगाउन चाहन्नौं, बरु साउदीमा गएर बेल्चा हानिन्छ, भेडा चराइन्छ भन्ने सोचले देशको अवस्था यस्तो हुन पुग्यो ।’

अल्छी मान्छेलाई पौरखी बनाउनु सबैभन्दा ठूलो कुरा रहेको उहाँले बताउनुभयो। अल्छी मान्छेलाई पौरखी, चिन्तनशील, इमानदार, भ्रष्टाचार नगर्ने बनाउने श्रम संस्कृति पार्टीको मूल लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो। ‘बेइमान र बिहानदेखि बेलुकासम्म कसरी ठगौं भन्ने सोच्ने समाजमा मनोविज्ञान छ,’ साम्पाङले भन्नुभयो, `देशलाई इमानदार बनाउनु जत्तिको ठूलो विकास सुशासनको एजेन्डा अरु भएजस्तो लाग्दैन । श्रम संस्कृतिको माध्यमबाट मान्छेको सोचाइ सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं । सकारात्मक सोचको बीजारोपण जस्तो ठूलो कुरा अरु छैन । त्यसैले सामाजिक, आर्थिक, भौतिक लगायत सबै विकासको आधार चेतना हो । त्यो चेतनाको अभियान पार्टीले चलाएको छ ।’

सम्बन्धित समाचार

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको...

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले...