प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८” र “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८” पेश गरे ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले, “औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” पेश गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले, “रेल्वे अध्यादेश, २०७८” र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” एवं “यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” पेश गरे ।

You might also like
Comments
Loading...