सल्यानमा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु
काठमाडौं। सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ३ झुलनेटाका २१ वर्षीय सुरेश विकको मृत्यु भएको छ।
त्रिवेणी–४ खाम्चाका २६ वर्षीय पूर्णबहादुर विक घाइते छन्।दुर्घटनाबारे स्थानीयले प्रहरीलाई पौने ९ बजेतिर मात्रै खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरीले घाइतेलाई उद्धार गरी रूकुम पश्चिमको जिल्ला अस्पताल सल्लेतर्फ पठाएको थियो।
साढे १० बजे मात्रै घाइतेहरू अस्पताल पुर्याइएका थिए। उपचारका क्रममा चालक सुरेश विकको आइतबार बिहान मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ।
अर्का घाइतेको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...
संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...




