महेश बस्नेतको प्रस्ताव : प्रधानमन्त्री कार्कीलाई अपदस्त गरेर सर्वदलीय सरकार बनाऊ
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताउनुभएको छ।
जेनजीकाे नाममा अहिलेको सरकार बनेको भन्दै बस्नेतले जेनजी नै आन्दोलनमा उत्रिएपछि सरकाको नैतिक हैसियत सकिएको बताउनुभयो।
‘जेनजीको नाममा बनेको यो सरकारले अब नैतिकता गुमाएको छ र दलहरू सहित सर्वपक्षीय पहलबाट मात्र जेनजीको समस्या समाधान र मुलुकको निकास सम्भव छ’, उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा युवा समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गर्दै आन्दोलन संस्थागत गरेका बताउँदै उहाँले अब सुशीला कार्कीले सत्ता छाड्नु पर्ने बताउनुभयो ।
मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ । आन्दोलनको पहिलो कार्यक्रम स्वरूप भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आव्हान गरिएको छ । भदौ २३–२४ मा भएको आन्दोलन र त्यसले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको भन्दै सरकारले जेन–जी आन्दोलनको मर्म नबुझेको सो समूहको ठहर छ ।
सरकार समग्र युवाको नेतृत्व गर्न असफल भएको भन्दै ढुङ्गाना समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको छ । सबै राजनीतिक तथा सामाजिक पक्षलाई विश्वासमा लिन सक्ने नेतृत्व देशका लागि आवश्यक भएको बताउँदै सर्वपक्षीय सरकार गठनको मुद्दा लिएर सो समूह आन्दोलनमा जान लागेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...




