प्रमुख खवर

राष्ट्रियसभा बैठकमा आठ अध्यादेश पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेश गरिएको छ । बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेश गरेका थिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई पनि सभासमक्ष पेश गरेका थिए ।

उनले नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेश गरे।

माथिल्लो सदनमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा मन्त्रिपरिषद् गठन, कार्यभार तोकिएको र राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धर पहिलो संविधानसभा सदस्य जगतबहादुर ताजपुरीया, दोस्रो संविधानसभा सदस्य दुमनसिंह थापा र प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो । बैठक आजै साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...