मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौँमा गर्दैछ प्रदर्शन
काठमाडौँ। जेनजी नेतामध्ये एक मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दै छ।
आइतबारै पत्रकार सम्मेलन गरी ‘शान्तिपूर्ण आन्दोलन’ घोषणा गरेको ढुंगाना समूहले आज विरोध प्रदर्शन गर्ने भएको हो। ढुंगानाले आज (सोमबार) बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन साथीहरूलाई आह्वान गरेका छन्।
जेनजीको यो समूहले १० बुँदे माग राखेर आन्दोलन सुरु गर्न लागेको हो। आइतबार पत्रकार सम्मेलनमा ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार जेनजीको मर्मअनुसार चल्न नसकेको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ‘आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ। न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस्। यही माग आन्दोलनको सार हो। सर्वपक्षीय सरकार आजको आवश्यकता हो। हामीले १०० दिन देख्यौँ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




