प्रतिनिधिसभाको निर्वाचनमा जान कांग्रेस तयार रहेको कोइरालाको दाबी, चुनावको वातावरण बनाउन जोड
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ।
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बताउनुभयो।
‘चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोबल उच्च बनाउनुपर्छ,’ उहाँले भन्नुभयो।
निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै नेता कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उहाँको भनाइ थियो ।
नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २३ र २४ को परिस्थिति आएको नेता कोइरालाले बताउनुभयो। उहाँले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




