मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
उनले नेकपा ९एमाले०का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित भएका हुन् ।कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे ।
एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय भएका थिए । यसपटकको निर्वाचनमा भने उनी आफ्नै जेठानसँग पराजित भए ।
उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी भए ।
उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गरे ।मध्यपुरथिमिमा नौवटा वडामध्ये कांग्रेसले १, २, ३, ५, ६ र ९ वडामा विजय भएको छ ।
वडाध्यक्षतर्फ मध्यपुरथिमिको वडा नं १ मा कांग्रेसका बाबुकाजी डङ्गोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रेसकै सानुकाजी राजबाहक विजयी भएका छन् ।
नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले बहुमत जनप्रतिनिधि कांग्रेसबाट विजयी भएको भन्दै नगरपालिकाको विकासमा सबैसँग हातेमालो गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधि अगाडि जाने विश्वास व्यक्त गरे ।
मध्यपुरथिमि नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव सिलवालले मध्यराति १ बजे मध्यपुरथिमि नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




