राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने
काठमाडौं। राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने भएको छ । अहिले साँझ ७ बजे धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा एकतासम्बन्धी सम्झाैतामा हस्ताक्षर भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाका अनुसार जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकता हुन लागेको हो । एकीकरणपछि थापाको हैसियत के हुने भन्नेबारे स्पष्ट भइसकेको छैन।
‘अहिले नेतृत्वबीचमै सहमतिअनुसार एकता हुन लागेको हो । गिभ एण्ड टेक केही भएको छैन । पूर्वअध्यक्षले पाउने हैसियतअनुसार अघि बढ्ने कुरा छ’, बर्ताैलाले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...




