प्रमुख खवर

राप्रपाका राजेन्द्र लिङ्देनले बचाए गृहनगर, रवीन्द्रप्रसाद लिङ्देन विजयी

काठमाडौं । हल्दीवारी गाउँपालिका राप्रपाले जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् ।

लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । लिङ्देनका निकटतम प्रतिस्पर्धी एमालेका डम्बर बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे ।

भने काँग्रेस तेस्रो स्थानमा छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विजयी लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदम विजयी भएका थिए ।

उपाध्यक्षमा पनि राप्रपा नै विजयी भयो । पार्टी उम्मेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...