मुख्य समाचार
१० पुष २०८२ १४:१२
खबर सेवा · More from author
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
खबर सेवा
सर्लाही। यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ ।
सुदामा ब्यारेजमा मप्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । रामनगर–५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँदा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
(((
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
१६ चैत २०८२ १८:३७
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...
१६ चैत २०८२ १८:३१
संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...
१६ चैत २०८२ १८:२५
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
१६ चैत २०८२ ११:५९




