कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावित, स्थानीय सरकारले चासो नदिएको गुनासो
जनकपुर। मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ । तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको छ ।
बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त भएको छ । सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ ।
साथै जनकपुर विमानस्थलमा पनि कुहिरोका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै तराईका विभिन्न विमानस्थलहरू (जनकपुर, भैरहवा र सिमरा) खराब मौसमका कारण बन्द भएको समाचार सार्वजनिक भएको थियो । कुहिरो र हुस्सुले दैनिक कामकाजमा समेत असर परेको छ । बिहानको समयमा बजार, स्कुल र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् । चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू बढेका अस्पतालहरूले जनाएका छन् । विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् ।
मौसम विज्ञान विभागकाअनुसार तराई क्षेत्रमा कुहिरो र हुस्सु केही दिनसम्म कायम रहने सम्भावना छ । विभागले शतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ । जनकपुरवासीहरूले कुहिरोका कारण दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् ।
यो मौसमी प्रभाव तराईका अन्य शहरहरूमा पनि उस्तै देखिएको छ । मौसम सुधार नभएसम्म जनजीवनमा यस्तै असुविधा कायम रहने भएकाले शतर्कता अपनाउन आग्रह गरिएको छ । चिसोले बालबच्चालाई विद्यालय जान कठिन भएको छ भने सामान्य जनजीवन चलाउन समेत समस्या भएको छ । व्यापार व्यवसाय ठप्प छ । मानिसहरु चिसोले घरबाहीर निस्कन सकेका छैनन् ।
स्थानीयले केही समय सार्वजानिक विदा दिन समेत आग्रह गरेका छन् । चिसो बढेपछि स्थानियले सडक, चोकमा दाउरा बालेर आगो ताप्न थालेका छन् । चिसोबाट बच्न जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीय बासिन्दाले गुनासो छ । उनीहरुले चिसोबाट जोगिनको लागि स्थानीय सरकारले चोक चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् । चिसोबाट बच्नको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




