राजनीतिक दल परिमार्जन गरौँ : डा.चन्द्र भण्डारी
गुल्मी। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समयको मागअनुसार राजनीतिक दल परिमार्जन गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभएको छ।
बिहीबार सामाजिक सञ्जालमार्फत उहाँले समयको मागअनुसार हरेक राजनीतिक दलले आफ्ना संरचना, सोच र अभ्यासलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुएको हो।
नेता भण्डारीले संविधान संशोधनको विषयमा गहिरो चासो व्यक्त गर्नुहुँदै सबै पक्ष, अनुभवी व्यक्तित्व तथा विज्ञहरूसँग खुलेर छलफलमा आफू सहभागी हुन इच्छुक रहेको बताउनुभयो। ‘अत्यधिक द्वन्द्व र अनावश्यक झगडाबाट मुलुकले निकास पाउँदैन’, उहाँले समाजिक सञ्जालमार्फत भन्नुभयो, ‘संवाद, समझदारी र सहमतिबाट मात्र समस्या समाधान सम्भव हुन्छ।
सानो विषयलाई अनावश्यक रुपमा ठूलो बनाएर विवाद सिर्जना गर्नु हुँदैन् भन्दै उहाँले समस्या समाधानतर्फ केन्द्रित बहस नै आजको आवश्यकता रहेको नेता भण्डारीले बताउनुभयो। तिललाई पहाड बनाउन नहुने हुँदा पहिला “मुलुक“ भन्ने सोच नै निकास रहेको उहाँको भनाइ छ।
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




