पोखरामा थापा भन्दा १ हजार ८०१ मतले आर्चाय अगाडी

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादका उम्मेदवार धनराज आचार्यले अग्रता कायम नै रहेको छ ।

यो समचार तयार गर्दा सम्ममा आर्चायले नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा १हजार ८०१ मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो मत परिमाण अनुसार १२ हजार४०० मत ल्याएका छन्।

त्यस्तै, उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १० हजार ५९९ मत ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले १२ हजार ६९६ मतसहित अग्रता कायम गरेकी छन्। एमालेका मञ्जुदेवी गुरूङले १२ हजार ९१ मत सहित पछ्याइरहेकी छन्।

You might also like
Comments
Loading...