देउवालाई भेटेलगत्तै सञ्चारमन्त्री गुण्डुमा
काठमाडौँ। राजनीतिक संवाद समितिका सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार भक्तपुरस्थित गुन्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ। भेटमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल भएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे ओलीले गम्भीर चासो व्यक्त गर्दै हालको सुरक्षा अवस्थाप्रति प्रश्न उठाउनुभएको छ। भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रियामा सामेल हुन कठिन हुने संकेत उहाँले दिनुभएको छ।
ओलीले निर्वाचनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी नभएको दाबी गर्दै जेलबाट भागेका कैदी र नेपाल प्रहरीबाट खोसिएका हतियारलाई प्रमुख चुनौतीका रूपमा औँल्याउनुभएको छ।। यस्ता विषयको समाधान नगरी निर्वाचनमा जानु जोखिमपूर्ण हुने उहाँको भनाइ छ।
यसैबीच सरकारले भने तोकिएकै समयमा निर्वाचन गराउन पूर्ण रूपमा तयार रहेको बताउँदै आएको छ। सरकारले सुरक्षा व्यवस्थापनसहित सबै तयारी तीव्र रूपमा अघि बढाइएको दाबी गरेको छ।
यसअघि मन्त्री खरेलले निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरी छलफल गर्नुभएको थियो। सरकार र प्रमुख राजनीतिक दलबीच निर्वाचनको वातावरण र सुरक्षा सुनिश्चितताबारे संवाद तीव्र बन्दै गएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...




