देशका ७५३ स्थानीय तह मध्य २०१ पालिकाको प्रमुखमा कांग्रेस र ११४ स्थानमा एमाले विजयी

 

काठमाडौं ।गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएका मध्ये २०१ पालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
त्यस्तै २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटक दोस्रो भएको छ । नेकपा एमालेले अहिलेसम्म नगरपालिका र गाउँपालिका गरेर ११४ स्थानमा जित हाँसिल गरेको छ । ८६ पालिकामा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता लिइरहेका छन ।

You might also like
Comments
Loading...