मुख्य समाचार

प्रभु बैंकका सीईओ रिहा

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा हुनुभएको छ। म्याद थपका लागि लगिएकोमा सरकारी वकिलको कार्यालयले छोड्ने आदेश दिएको हो । शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने छ ।

शेरचनको स्वास्थ्यमा समस्या रहेका कारण चिरायु अस्पतालमा उपचार गरिरहनुभएको थियो । उहाँलाई १४ मंसिरमा बैंकको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । बैकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले अनुसन्धानका लागि पक्राउ गरेर म्याद थपिरहेको थियो ।

बैंक तथा वित्तिय समस्याको अनुगमन, मूल्यांकन, निरीक्षण, अनुसन्धान र निर्देशन मात्र होइन, कारबाहीको जिम्मेवारी राष्ट्र बैंकको रहेका छ । तर, राष्ट्र बैंकको क्षेत्राधिकार मिचेर सीआईबीले शेरचनलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...