ताप्लेजुङमा ढुङ्गाले लागेर मजदुरको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङमा ढुङ्गाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर –५ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको ढुङ्गा लागेर मृत्यु भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार ढुङ्गाले लागेर मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका –३ का २४ वर्षीय भद्रबहादुर शाही रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको पिपलचौकस्थित तमोर –५ जलविद्युत आयोजनाको आटलेट सुरुङ निर्माणको काम गरिरहेको बेला माथिबाट झरेको ढुङ्गाले शाहीसहित अर्का एकजना मजदुरलाई लागेको थियो ।
उक्त ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएका शाहीलाई तत्काल उपचारका लागि तापेथोक आधारभूत अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको थियो । ढुङ्गाले लागेर मृत्यु हुनुभएका शाहीको शव जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्का घाइते मजदुर बर्दियाको मधुवन नगरपालिका –४ का ३३ वर्षीय आकाश खड्काको दाहिने खुट्टा भाँचिएको छ । घाइते खड्कालाई पनि तापेथोक आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल नै सिफारिस (रेफर) गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...
संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...




