कम्युन छापा मारेको विरुद्धमा विप्लव असन्तुष्ट, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
नेकपा माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शनलगायत संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले चार दिने देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरिएको जनाउनुभयो।
उहाँका अनुसार केन्द्रीय कम्युनमा प्रहरी हस्तक्षेप र अपरेशनको विरोधमा आज शनिबार बेलुकी ६ बजे मशाल जुलुस निकालिनेछ ।१३ पुसमा दिउँसो २ बजे कोणसभा, १४ पुस दिउँसो २ बजे विरोध प्रदर्शन र १५ गते दिउँसो १ बजे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
११ पुसमा सुरक्षाकर्मीको एक टोलीले अर्घाखाँचीको सितगङ्गा ११ मा रहेको नेकपा माओवादीले सञ्चालन गरिरहेको कम्युनमा छापा मारेको थियो । त्यसक्रममा केही हतियार र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...
डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा
थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी...
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...




