मुख्य समाचार

नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छः उपसभामुख राना

काठमाडौँ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा वर्षभर आयोजित विविध कार्यक्रमहरूको समापनका सन्दर्भमा चिनियाँ दुतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबीचको सम्बन्ध सरकारी स्तरमा मात्र सिमित हुनु नहुने भन्दै जनस्तरमा पनि विस्तार हुनुपर्ने बताउनु भयो । उहाँले व्यापार, लगानी र भौतिक पूर्वाधारका क्षेत्रमा दुवै देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गर्नुभयो । चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रूपमा लिने बताउँदै उहाँले शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तले यो मित्रतालाई बलियो आधार प्रदान गरेको उल्लेख गर्नुभयो । प्राकृतिक सीमाका रूपमा रहेका हिमालयहरू कहिल्यै पनि सम्बन्धमा वाधक नबनेको बरु निकटता, साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वको प्रतिक बनेको उहाँको भनाइ थियो ।

सोही अवसरमा नवनियुक्त चिनियाँ कार्यवाहक राजदुत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउनु भयो । उहाँले आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन तथा युवा विकासलगायतका क्षेत्रलाई केन्द्रमा राखेर चीनले सहायता परिचालन गरिरहेको जानकारी दिनुभयो । कार्यवाहक राजदुत चौले हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५ औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकी मुलुकहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रमहरू समावेश गरिएको जानकारी दिँदै दुवै देशका साझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य रहेको बताउनु भयो ।

वि।सं। २०१२ साउन १९ गते ९सन् १९५५ अगष्ट ३० औपचारिक रूपमा कुटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै यो वर्षभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए । वर्षभरका कार्यक्रमहरूको समापनका रूपमा आयोजित यो विशेष समारोहमा नेपाल चाइना मिडिया फोरमद्वारा प्रकाशित पुस्तक, सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम, चौथो सञ्चार सम्मेलन तथा विभिन्न सांस्कृतिक प्रदर्शनीहरूको चर्चा गरिएको थियो । समारोहमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रश्तुत गरिएको थियो ।

नयाँ जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएका कार्यवाहक राजदुत चौ पानको निमन्त्रणामा आयोजित उक्त समारोहमा उपसभामुख, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरूको उपस्थिति थियो । नेपाल सङ्घीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अघि बढिरहेको सन्दर्भमा चीनलाई एक मूल्यवान साझेदारका रूपमा लिइएको र सम्बन्ध सधैँ समस्यारहित र सदाबहार रहेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए ।

सम्बन्धित समाचार

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...