स्वास्थ्य बिमामा दीर्घरोगी आकर्षित
काठमाडौँ। स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले देशका सबै मानिस स्वास्थ्य बिमामा आबद्ध हुने हो भने बिमा कार्यक्रमलाई अगाडि बढाउन कुनै समस्या नहुने बताउनुहुन्छ । कार्यकारी निर्देशक डा। काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक दशकमा धेरै सुधारका काम भएको बताउनुभयो । उहाँले बिमा बोर्डमा विभिन्न समस्या भए पनि जति प्रगति भएको छ, त्यसलाई उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।
अन्य देशको तुलनामा नेपालले बिमा कार्यक्रममा जे जति उपलब्धि हासिल गर्न सकेको छ, त्यसलाई सन्तोषजनक रूपमा लिनुपर्ने उहाँको भनाइ छ । कार्यकारी निर्देशक काफ्लेले बिमा कार्यक्रमले धेरै जिल्ला र स्थानीय तहलाई समेटेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमामा आबद्ध भएका दीर्घरोगी, नियमित औषधी सेवन गर्ने, क्यान्सर, मिर्गौला रोग, फोक्सोसम्बन्धी रोग ९सिओपिडी०, दम, मधुमेहलगायतका दीर्घरोगीले मात्र स्वास्थ्य बिमा गर्ने गरेको उल्लेख गर्दै सबै वर्गलाई बिमामा आबद्ध गर्नुपर्ने बताउनुभयो ।
विगतको तुलनामा स्वास्थ्य बिमामा नवीकरणमा समेत सुधार हुँदै गएको छ । विगतका वर्षमा ६९ प्रतिशत नवीकरण हुने गरेकामा आर्थिक वर्ष २०८०र८२ मा ८० प्रतिशत नवीकरण भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमा बोर्डमा ४५ प्रतिशत आबद्धमध्ये सक्रिय बिमित ३३ प्रतिशत छन् । त्यस्तै २१ प्रतिशतले उपचार सेवा लिएका छन् ।
यसै गरी स्वास्थ्य सेवा लिने दर ४१ प्रतिशत पुगेको छ । जनसङ्ख्या ‘कभरेज’ ३३ प्रतिशतले स्वास्थ्य बिमा गराएका छन् । यस्तै स्वास्थ्य बिमा भुक्तानीमा धेरै सुधार भएको छ । २०८२ असोज मसान्तसम्म सेवाप्रदायकको अस्पताललाई बुझाउनुपर्ने रकम सात अर्ब ३२ करोड बाँकी छ । २०८१ चैतसम्मको सबै स्वास्थ्य संस्थाको भुक्तानी भइसकेको छ । अब वैशाखदेखि असोजसम्मको भुक्तानी हुन बाँकी छ ।
स्वास्थ्य बिमामा सुधारका पक्ष भइरहँदा समस्या पनि त्यत्तिकै छन् । उपचारमा झन्झट बेहोर्नुपर्ने, सेवा उपयोग दरमा कमी, बिमित र स्वास्थ्य संस्थाबिच समन्वय अभाव, स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा नपाइने गुनासो, दाबी भुक्तानी ढिलो हुने समस्या, प्राविधिक तथा डिजिटल प्रणाली कमजोर, पर्याप्त जनशक्ति र तालिमको अभाव, स्थायी जनशक्ति नहुनु, स्वास्थ्य संस्थाको असमान वितरण, स्वास्थ्य बिमा कार्यक्रम दिगोपनका लागि वित्तीय चुनौतीलगायतका समस्या छन् । ८० प्रतिशत स्वास्थ्य बिमा गर्ने दिर्घरोगी, क्यान्सर, मिर्गौला फेल भएका, दिनहुँ औषधी सेवन गर्नुपर्ने बिरामी मात्र छन् ।
सुरुमा पाइलट कार्यक्रमका रूपमा तीन जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ वटै जिल्लामा लागु भइसकेको छ । ७७ वटै जिल्लामा स्वास्थ्य बिमाको पहुँच भए पनि सम्पूर्ण नागरिक स्वास्थ्य बिमामा आबद्ध हुन सकेका छैनन् । आबद्ध भएकाको विभिन्न समस्याले गर्दा बिमाप्रति आकर्षण छैन । बोर्डका सूचना अधिकारी विकेश मल्लले अझै पनि बिमामा मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सामाजिक स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमाबाहेक अर्को विकल्प नभएको भन्दै यसलाई सफल बनाउनुपर्ने बताउनुभयो ।
बोर्डका अध्यक्ष चन्द्र थापाले स्वास्थ्य बिमामा औपचारिक क्षेत्र जोडिनुपर्ने बताउनुभयो । नेपाल प्रहरी, सेना, शिक्षकलगायतलाई स्वास्थ्य बिमामा आबद्ध गरिनुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य सचिव डा। देवकोटाले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिका लागि देशका नीतिनियम निर्माण, व्यवस्थापक, कार्यक्रम सञ्चालक, शैक्षिक प्रतिष्ठान, साझेदार निकाय एंव सरोकारवालाको साझा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...
मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...




