हनुमाननगर कङ्कालिनीमा जनमत पार्टीका माझी विजयी

सप्तरी। हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ ।

सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित भएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरेका थिए ।

विसं २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले पाँच हजार ७२० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी माझीले चार हजार ३६५ मत ल्याएका थिए ।

१४ वडामध्ये उपप्रमुखसहित सात वडामा भने जसपाले प्यानलसहित जित हासिल गरेको छ । उपप्रमुखमा सरिता सिपलिया यादव पुनः छ हजार ५१२ मतका साथ निर्वाचित भएका थिए ।

गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बनेका थिए । उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गरेका थिए ।

वडाध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सात वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा ९माओवादी केन्द्र०ले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

You might also like
Comments
Loading...