बालेन-रास्वपा एकताप्रति जसपा नेपालको आपत्ति
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले रास्वपा र काठमाडौँ महानगरका मेयर बालेन्द्र साहबीच भएको सम्झौताको आपत्ति प्रकट गरेको छ।
जसपा नेपालका नेता मनीष सुमनले संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभूत विषय नलेखिएको भन्दै आपत्ति प्रकट गरेका हुन्।
आइतवार जनकपुरमा नेता सुमनले जेनजी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आमजनताको चाहनानुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताउनुभयो। उहाँले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख साहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न नसकेको आरोप पनि लगाउनुभयो।
बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपामा जानु रास्वपाका लागि सौभाग्य भए पनि रास्वपाको नीति ठिक नभएको उहाँको तर्क छ। उहाँले रास्वपा संघीयताविरोधी गतिविधिमा संलग्न रहेको कारण आपत्ति प्रकट गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सम्झौता गर्दा उहाँहरूले संघीयता र धर्मनिरपेक्षतालाई बिर्सनुभयो। सम्झौतामा ती कुरा लेख्न लजाउनुभयो कि। रास्वपा धर्मनिरपेक्षता र प्रदेशसभा निर्वाचनमा समेत सहभागी हुने गरेको छैन। संघीयताको विरुद्धमा जाने गरेको छ। यसले हामी सबै सशंकित भएका छौँ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




