साहारा ग्लोबल हस्पिटलले विक्री गर्यो ४५ प्रतिशत सेयर
काठमाडौं । साहारा ग्लोबल विजनेस ग्रुपअन्तर्गतको साहारा ग्लोबल हस्पिटल प्रालिको ४५ प्रतिशत सेयर बिक्री भएको छ ।
काठमाडौंको मध्य बानेश्वरमा सञ्चालनमा आउन लागेको हस्पिटलको सेयर बिक्री भएको बताइएको छ ।युवा व्यवसायी सुदर्शनराज शमाले एकल लगानीमा हस्पिटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
पछिल्लो समयको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै सेयर बिक्री गर्नुपरेको शर्माले जानकारी दिए ।हस्पिटलको मुल्यांकन १५ करोड ६० लाख रुपैयाँ भएको र ४५ प्रतिशत अन्तर्गत ७ करोड २ लाख रुपैयाँको सेयर बिक्री भएको उनले बताए ।
सेयर बिक्रीका लागि मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ४५ दिनभित्र सेयर हस्तान्तरण हुने शर्माले जानकारी दिए ।
साहाला ग्लोबल बिजनेस ग्रुपले नै हस्पिटलको म्यानेजमेन्ट हेर्ने गरी आरआर ग्रुप र १३ जना वरिष्ठ स्वास्थ्यकर्मीलाई सेयर बिक्री भएको बताइएको छ । आगामी दसैंभित्रमा हस्पिटल सञ्चालनमा आउने शर्माले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




