प्रमुख खवर

जजीरा एयरको उडान मध्य-पुर्व, एसिया र युरोपमा सुरु

काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले आफ्नो उडान सेवा थप विस्तार गर्दै ल्याएको छ । एयरवेजले आफ्नो सेवा थप विस्तार गर्दै मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा सुरु गरेको छ । जजीराले भैरहवा स्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो सेवा सुरु गरेको हो ।

यसबाट मध्य–पुर्व र युरोपमा बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्षरुपमा जोडिने विश्वास लिइएको छ । यो नेपालमा जजीराको दोस्रो उडान सेवा हो, जसले नेपालको तराई क्षेत्रमा बढ्दै गएको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । जजीराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठ १ गतेबाट उडान सेवा सुरु गरेको हो ।

नयाँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले यस उडान सेवाले कुवेत र मध्य–पुर्वको सिधा रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।

उनले भने, ‘जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको सिधा रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवं विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधैं तराई जान धेरै सहज भएको छ । यो हवाई सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।’

त्यस्तै, आरआर ग्रुप अफ कम्पनीजको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीन्द्र सिंहले यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउने दाबी गरेका छन् ।

सिंहले भने, ‘७४ वर्षसम्म काठमाडौंमा मात्रै भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ । साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ । जसले समग्र नेपालको आर्थिक विकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।’

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...