झापामा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु

काठमाडौं । ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्युु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो । प्रदेश-१-१०-००१ख ३५९४ नंको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like
Comments
Loading...