सूचना प्रविधि

आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा

काठमाडौं।नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आइटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही नि:सर्त उपलब्ध गराउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन वि नियमावली २०७८ संशोधन गर्दै उक्त सुविधा लागू गरेको हो।

संशोधित विनियमावलीअनुसार पछिल्ला कम्तीमा तीन आर्थिक वर्ष सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका आईटी कम्पनीले विदेशमा लगानीका लागि यो सुविधा लिन सक्नेछन्। साथै, विदेशी मुद्रा सटहीका लागि अब नेपाल राष्ट्र बैंकमै जानुपर्ने बाध्यता हटाउँदै वाणिज्य बैंकमार्फत पनि सटही गर्न सकिने व्यवस्था गरिएको छ।

विनियमावलीमा आईटी उद्योगले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रही विदेशका आईटीसम्बन्धी क्षेत्रमा लगानी गर्न पाउने, विदेशी ऋणको सीमा तथा ब्याजदरसम्बन्धी प्रावधानमा लचिलो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यो निर्णयले आईटी क्षेत्रको विस्तार, विदेशी बजारमा पहुँच र सेवा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर

नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर

काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा...

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

काठमाडौं। सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त...

शाओमी १५टी मोबाइ नेपाली बजारमा

शाओमी १५टी मोबाइ नेपाली बजारमा

काठमाडौं। स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा...

यूथ आईजिएफ नेपाल अध्यक्षमा अधिवक्ता सुरेन्द्र तिवारी निर्वाचित

यूथ आईजिएफ नेपाल अध्यक्षमा अधिवक्ता सुरेन्द्र तिवारी निर्वाचित

काठमाडौं ।  यूथ ईन्टरनेट गभर्नेन्स फोरम नेपाल (युथ आईजिएफ नेपाल) को चौथो वार्षिक सभाबाट सुरेन्द्र तिवारी अध्यक्षमा चयन  हुनुभएको ...