प्रवास

मलेसियाले तोक्यो विदेशी श्रमिक ल्याउने विशेष समयावधि

काठमाडौं। मलेसियाले २०२५ का लागि विदेशी श्रमिक ल्याउन चाहने रोजगारदाताहरूलाई जनवरी १९ देखि मार्च ३१ सम्मको विशेष समयावधि दिने निर्णय गरेको छ। यसले नेपालसहित स्रोत देशहरूबाट श्रमिक ल्याउने बाटो खुलाउनेछ।

गत वर्षको अक्टोबर १ देखि डिसेम्बर ३१ सम्म विदेशी श्रमिक ल्याउन मलेसियाले अनुमति दिएको थियो। गृह मन्त्रालयको मंगलबारको विज्ञप्तिअनुसार, यस पटक सरकारले स्वीकृत गरेका सबै क्षेत्र तथा उपक्षेत्रमा यो विशेष समयावधि लागू हुनेछ।

गृह मन्त्रालयले जनाएको छ, जनवरी १९ देखि मार्च ३१ भित्र प्राप्त हुने सबै आवेदन सम्बन्धित अनुगमन मन्त्रालयसँग परामर्श गरी कानुनी नियम र शर्तअनुसार मूल्यांकन गरिनेछ।

त्यसैगरी, रोजगारदातालाई एजेन्ट वा तेस्रो पक्षमार्फत होइन, वन–स्टप सेन्टर मार्फत सिधै आवेदन दिन गृह मन्त्रालयले पुनः आग्रह गरेको छ।

सम्बन्धित समाचार

एनआरएनए अध्यक्ष दुईजनाको दाबेदारी : शर्मा र शेरचन आमनेसामने हुने संकेत

एनआरएनए अध्यक्ष दुईजनाको दाबेदारी : शर्मा र शेरचन आमनेसामने हुने संकेत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। अध्यक्ष पदको निर्वाचनका...

परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन

परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ। एनआरएनएको उक्त सम्मेलन फागुन...

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ...

एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन

एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण...