प्रमुख खवर

काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराउनुभएको हो । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे ।

त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायम गरे ।

वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...