अहिलेसम्म ६ सय १७ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना हालसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मतपरिणाम आइसकेको छ ।
अन्तिम मतरिणाम सार्वजनिक भएको तथ्यांक अनुसार नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी भएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा नेकपा एकीकृत समाजवादी १४ वटा पालिकामा विजयी भएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानीय तहमा विजयी हासिल गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी ७ ठाउँमा विजयी भएको छ । २३ गाउँपालिकामा अरु साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये नेपाली कांग्रेस ५२ ठाउँमा अगाडि छ। नेकपा एमाले २५ ठाउँमा अगाडि रहेको छ। त्यस्तै, माओवादी केन्द्र १०, जसपा १७, एकीकृत समाजवादी र लोसपाले ५-५ ठाउँमा अग्रता लिएका छन्।
एक महानगरपालिका र ३ उपमहानगरपालिकासहित ११ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा साना दल अगाडि रहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




