भरतपुर महानगर अपडेट : रेणुभन्दा विजय ३ हजार २६७ मतले पछाडि

भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

५५ हजार ६८० मतगणना गर्दा दाहालले २१ हजार ८५ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गरेका छन् ।

रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिएकी छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो जसमध्ये ५५ हजार ६८० मतगणना सकिएको छ ।

महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३४३ मतका साथ अग्रता लिएका छन् । उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छन् ।

You might also like
Comments
Loading...