राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको योगेश भट्टराईको ठहर
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताउनुभएको छ ।
उहाँले यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताउनु भएको छ। भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावका रूपमा मात्र हेर्न नहुने उल्लेख गर्नुभयो। ‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ, यस अवस्थालाई सही दिशामा लैजान गम्भीर समीक्षा र धैर्य अनिवार्य छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
यही पृष्ठभूमिमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा आफूहरुले अघि सारेको उहाँको दाबी छ। उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उहाँको भनाइ छ । ‘हामीले अघि सारेको प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ, आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ’, ’ उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउने दिशामा आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्न आग्रह गर्नुभएको छ। ‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ भट्टराईको अनुरोध छ ।
उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गर्नुभएको छ। ‘हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ, निकट भविष्यमै पार्टी पंक्तिबाट पनि यी प्रस्तावहरू अनुमोदन हुनेछन्’, उहाँले लेख्नु भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




