शिक्षा

हिमाल कलेजमा बिदाई कार्यक्रम

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीले १२ कक्षाका विद्यार्थीलाई बिदाई गरेका हुन् ।

कलेजका प्रमुख हरि कार्कीले कक्षा १२ पासआउट भएर जाने विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले बिदाई गरेको बताए । ‘१२ कक्षाको पढाई सकाएका विद्यार्थीहरुलाई ११ मा पढ्दै गरेका विद्यार्थीले बिदाई गरेका हुन् । कलेजका शिक्षकहरुसँग हार्दिकता साटासाट गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रम सहित बिदाई कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने ।

कार्कीले आगामी शैक्षिक भविष्यका लागि विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजबाट बिदाई भएर जाने विद्यार्थीहरुले कलेजको नाम थप उचो पार्नेमा विश्वास लिएको बताए ।

कार्यक्रममा इन्चार्ज मनिप्रसाद डुम्रे, एड्मिन हेड दुर्गा गुरुङ, डिसिप्लिन इन्चार्ज चेतनाथ भण्डारी, कार्यक्रमको सञ्चालक अनि शिक्षक सुदनकुमार मुल्मीले १२ कक्षाका विद्यार्थीलाई शैक्षिक करिअरका लागि शुभकामना दिएका थिए ।

३ वर्षमा ४ सय विद्यार्थी उर्तिण भएको यस कलेजले २०७७ र ०७८ को टियु बिबिएसको रिजल्टमा गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको थियो ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...