प्रमुख खवर

६९० पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेस पहिलो स्थानमा

काठमाडौं । यही वैशाख ३० गते सम्पन्न पालिका चुनावको मत परिणाम आउने क्रम यतिबेला जारी छ । हालसम्म ६ सय ९० वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९३ र उपाध्यक्ष १ सय ८७ गरी २ सय ८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

त्यस्तै, नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २१ गरी १ सय ८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १ सय २२ गरी २ सय ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी १ सय १९ पालिकामा प्रमुख तथा उपमेयर ३१ र उपाध्यक्ष ९३ गरी १ सय २४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...