बुधबार, माघ २३, २०८१
English
Follow us:

भरतपुरमा ७४ हजार मत गणना, सुवेदी दाहालभन्दा पाँच हजार ५९० मतले पछाडि

भरतपुरमा ७४ हजार मत गणना, सुवेदी दाहालभन्दा पाँच हजार ५९० मतले पछाडि

  • खबर सेवा

  • शनिबार, जेष्ठ ७, २०७९

  • 15
    SHARES
भरतपुरमा ७४ हजार मत गणना, सुवेदी दाहालभन्दा पाँच हजार ५९० मतले पछाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी केन्द्र)का रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारेकी छन् ।

दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएका छन्। अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गरे । य

त्यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी) ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology