‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरण : बलात्कारीविरूद्धका आवाज (फोटो फिचर)

काठमाडौं । बलात्कारीलाई सजायको माग गर्दै माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन् । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक भएपछि अहिले दोषीलाई कारबाहीको माग गर्दै देशभरबाट प्रदर्शन हुन थालेको छ ।

घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरि अनुसन्धान सुरु गरिसकेको छ । तर बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ ।

नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैङ्गिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।

त्यस्तै, २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ । तर पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एक वर्षे हदम्याद पनि अपर्याप्त रहेको भन्दै हदम्याद बढाउन सरकार र सदनमाथि दबाब बढ्न थालेको छ ।

 

You might also like
Comments
Loading...