मुख्य समाचार

९५ प्रतिशत मुटु रोगको स्वदेशमै उपचार हुन्छ, मुटु ट्रान्सप्लान्टका लागि कानुन छैन: डा.भट्टराई

काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै भइरहेको  बताउनुभएको छ ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बुधबार बोल्दै उहाँले मुटुरोग सम्बन्धी बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटुको प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) र कृत्रिम मुटु जडान सेवा कानुन नभएका कारण अझै सुरु हुन नसकेको बताउनुभयो।

उहाँका अनुसार हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट जडानका लागि आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेकोका अगाडि बढ्न सकेको छैन। डाक्टर भट्टराईका अनुसार  कानुनका कारण स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई दिनुपर्ने लाइसेन्स नआएकाले सेवा शुरु हुन नसकेको हो।

कानुन नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पतालले अनुमतिपत्र नपाएका  कारण मुटु प्रत्यारोपण गर्न  नमिलेको उल्लेख गर्दै उहाँले लाइसेन्स प्राप्त भए लगत्तै सेन्टरबाट सेवा सुरु गर्न सकिने बताउनुभयो।

उहाँले नेपालमा टिभी, डेङ्गु र डायरिया सबैभन्दा बढी देखिने रोग रहेको उल्लेख गर्दै फोक्सोसम्बन्धी रोगहरू पनि चुनौतिकै रूपमा रहेको बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा नेपालले कुष्ठरोग उन्मूलन गर्न सफल भएको र कालाजारको प्रकोप पनि निकै घटेको जानकारी दिँदै उहाँले खोप कार्यक्रम देशव्यापी रूपमा बिस्तार हुनु मुख्य उपलब्धी भएको बताउनुभयो ।

डा. भट्टराईले डेङ्गु अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको भन्दै प्रत्येक वर्ष यसकै कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग चुनौतीका रूपमा देखा पर्न थालेको कारण एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था आउन थालेकाले चिकित्सकको परामर्शबिनै औषधि प्रयोग रोक्न कानुनी व्यवस्था आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...