बढ्दो असुरक्षाका कारण छोरीको चिन्तामा अभिभावक !

दीपा रेग्मी

हिजो बिहानै मेरो दीदीले क्यानडावाट फोन गरेर के छ कसो छ नसोधी एक्कासी नेपालमा केही कुुराको सुरक्षा पनि छैन् कहिले के कहिले के भइरहने किन हो है हिजो त्यो मोडलको भिडीयो हेरे पछि त मलाई खाली तेरो छोरीको मात्र याद आउने के ।

छोरीको चिन्ता गर्दै छोराछोरीलाई सुुरक्षा महशुस गराउन र गर्न नै गाह्रो हुने भयो । पछिल्लो समयको घट्ना हेर्ने हो भने महिला धेरै नै असुक्षित भईरहेका छन् । त्यसैले गर्दा पनि मलाई छोरीको अति चिन्ता लाग्न पो थालेको छ भन्नुभयो।

दीदी अगाडी भन्दै हुुनुुहुुन्थ्यो “तेरो पनि काम छ बच्चाहरुलाई छड्दै हिड्नुु पर्छ त्यही भएर पनि चिन्ता लाग्ने के । विहान विद्यालय जाँदा र फर्कदा आफै लिएर आईजा है एक्लै नछोड, छोराछोरीको सुरक्षाभन्दा अरु ठुलो कुरा केही हुुँदैन २ चार हजारको जागीरले केही हँदैन भन्दै बच्चाहरुको राम्रो कियर गर ।”

अझ दिदिले त मैले भनेको मान्छेस् भने त जागिर छोडिदे बच्चाहरुको ख्याल गर आज २ चार हजारको पछि लाग्दा भोलीको भविष्य विग्रर्न छ कि भन्ने चिन्ता लागेर”

“अनि तँ पनि अलि जोगिएर हिँड कतै कसैलाई भेट्दा विचार गरेर मात्र भेट्ने गर । अझ दीदीले त मैले भनेको मान्छेस् भने त जागिर छोडिदे बच्चाहरुको ख्याल गर आज २ चार हजारको पछि लाग्दा भोलीको भविष्य विग्रर्न छ कि भन्ने चिन्ता लागेर”  भनेको भन्दै दीदी म अहिले कल राखीदिए भन्दै फोन राखिदिनुभयो ।

म के भँनु के गरुँ जस्तो भयो म सँग कुनै जवाफ नै भएन । दीदीको कुुरा पनि सहि नै थियो । हाम्रो समाजमा छोराको तुलनामा छोरीहरु धेरै असुरक्षित छन् । त्यसैले गर्दा दिदिले मैले त्यस्तो कुरा सोच्नु स्वाभाविक नै हो ।

“कान्छी छोरीलाई एक्लै छोडेर नहिड् है जमना निकै खराव भैैइसक्यो कसैले कसैको विश्वास गर्ने जमना गै सक्यो कसैको भरमा छोराछोरी छड्दै नहिड् है” 

त्यस पछि आमाको कल आयो आमाले पनि दीदीले जस्तै चिन्ता जाहेर गर्नुभयो। आमा भन्दै हुुनुहुन्थ्यो “कान्छी छोरीलाई एक्लै छोडेर नहिड् है जमना निकै खराव भैैइसक्यो कसैले कसैको विश्वास गर्ने जमना गै सक्यो कसैको भरमा छोराछोरी छड्दै नहिड् है”  भन्दैहुनुहुन्थो। आमाको चिन्ता पनि स्वाभिक नै लाग्यो । हाम्रो समाज छ नै त्यस्तो ।

आफ्नो सन्तानको माया लागरे सबै जनाले मलाई सम्झाइ रहनु भएको थियो ।म स्तब्ध भए के भँनु के नभनु भए । मलाई पनि त्यही कुराले सताईरहेको छ। आमा भए पछि बच्चाहरुको धेरै कुरामा ख्याल राख्नुपर्ने रहेछ ।

“ममि ममि एउटा कुरा थाहा पाउनु भयो भन्दै मैले के कुरा भने उसले भनि एउटा मोडललाई एकजना मान्छेले रेप गरेको रहेछ । मोडल १६ वर्ष हँदा गरेको रहेछ अहिले उ २४ वर्षको भएछ 

मोडलले आफु हिंसामा परेको कुरा टिकटकको माध्यमबाट सार्वजिनक गरीन् त्यस दिन अफिसबाट आएर सोफामा मात्र के बसेको थिए ,छोरीले “ममि ममि एउटा कुरा थाहा पाउनु भयो भन्दै मैले के कुरा भने उसले भनि एउटा मोडललाई एकजना मान्छेले रेप गरेको रहेछ । मोडल १६ वर्ष हँदा गरेको रहेछ अहिले उ २४ वर्षको भएछ ।”उसको भिडियो अहिले टिकटक भरी भाइरल भएको छ । उसले सबै आफ्नो कुराको र्पाट र्पाट गदै राखेको छ हेर्नु त । कस्तो डरलाग्दो छ उसको काहानी सुन्दा भन्दै थिई । म पनि पछि मिस टिनमा भाग लिने विचार गरेको थिए अव मेरो सोच परिर्वन भयो अब मलाई यो फिल्ड मन परेन भन्दै थिई । म के भन्ने के नभन्ने कसरी नानीलाइ सम्झाउने भए ।

त्यस्तो अपराधीक सोच भएका मान्छे जाता ततै ,जुन सुकै ठाँउमा हुन सक्छ त्यस कारणले गर्दा हामी स्वयमले आफुलाई सेफ कसरी राख्ने भन्ने कुराको ख्याल राख्नुपर्छ । यदी यस्तो केहि कुरा तिमीमा पर्यो भन्यो भने लुुकाएर राख्नु हुँदैन् है सबै कुरा भन्नु पर्छ है भनेर सम्झाए ।

एक छिन त्यहीँ टोलाएछु नानीले के भयो ममी भन्दै बोलाई । उति नै वेला मैले नानीलाई कुनै पनि फिल्ड नराम्रो हुँदैन । यस्तो किसिमको घट्ना तिम्रो घरमा स्कुलमा ,कुनै पनि अफिसमा वाटोमा पनि हुनसक्छ । त्यस्तो अपराधिक सोच भएका मान्छे जता ततै ,जुन सुकै ठाँउमा हुन सक्छ त्यस कारणले गर्दा हामी स्वयमले आफुलाई सेफ कसरी राख्ने भन्ने कुराको ख्याल राख्नुपर्छ । यदी यस्तो केहि कुरा तिमीमा पर्यो भन्यो भने लुकाएर राख्नु हुँदैन् है सबै कुरा भन्नु पर्छ है भनेर सम्झाए ।

उ आफ्नो काममा लागी । मैले पनि सुनेको थिए तर त्यती राम्रो सँग हेरेको थिइन । त्यस पछि मैले सबै भिडियो हेरे, उसको कुरा सुन्दा निकै डर लाग्यो हामीलाई सुन्दा त यस्तो भएको थियो भने उसले त्यो ६ महिना भोग्दा कस्तो भयो होला उसको त्यो पिडाको कल्पना गर्दा पनि निकै गह्रो भयो । कति जनाको साथको खोजिमा रहेको तर कसैको साथ भरोसा नपाउँदाको पिडा त उनिमा कति कति भयो । जस्लाई सुनाईन् तर उसैवाट पनि उनि हिंसामा परेको कुराले उनलाई कति पिडा दियोहोला ।

जस्लाई आइडल मानेकी थिइन् उनिबाट सहयोग नपाँउदाको पिडा , यो ८ वर्ष कसरी विताइन् होला । यो सोच्दा मननै निकै डराएर आँउछ । ढिलानै भए पनि उनले आफुले भोगेको पिडालाई बाहिर ल्याइन् । यसले धरै चेलीहरुलाई बचाँउन सहयोग गरेको छ । त्यो अपराधी मानसीकता भएको मान्छेबाट उनि मात्र होइन् उनि जस्ता धेरै नारीहरु पिडामा पर्नुभएको हुुनसक्छ ।

घटना जहिलेको भए पनि त्यो अपराधीले सजाए पाउन जरुरी छ। उनि जस्ता धरै महिला पिडित हुुन पुुगेका छन् । उनीहरुको अवाज वन्न पुुगेकी छन उनी, अरुको लागि पनि एक हिम्मत र शाहस बनेकी छन्

अहिले उनको आवाज सुुनिएको छ । राज्यले त्यस्तो अपराधीलाई कडा भन्दा कडा सजाए दिनुपर्ने देखिएको छ । ताकी अरु कसैले त्यस्तो अपराध गर्ने आँट नगरोस् । पैसाको भरमा अपराधी नछुटोस् ।

घटना जहिलेको भए पनि त्यो अपराधीले सजाय पाउन जरुरी छ। उनि जस्ता धेरै महिला पिडित हुन पुगेका छन् । उनीहरुको अवाज वन्न पुगेकी छन् उनी, अरुको लागि पनि एक हिम्मत र शाहस बनेकी छन् ।

त्यसैले उनको बारेमा नराम्रो कमेन्ट नराम्रो व्यवहार गरेर पिडितलाई पिडा दिने काम हामी कसैले पनि गर्नु हुँदैन । हाम्रो घरमा पनि छोरी चेली छन् । उनको यो आवजलाई दवाउने काम हामी कोहीवाट पनि नहोस्। यो वेला उनलाई साथको खाँचो छ ।
म जस्ता अभिभावकहरुलाइ सन्तानको सुरक्षाले निकै सताएको छ ।

छोरीको अभिवावकहरुलाई त अझ बढी सताएको हुन्छ । कामकाजी अभिभावकहरु बच्चहरु एक्लै छोडेर अरुको भरमा छोडेर हिड्नुपर्ने हुन्छ । यस्तो अवस्थामा त अझै कठिन हुुने गर्छ । समाजमा हुने यस्तो किसिमको अपराध हुन नदिनको लागि आफ्नो छोरालाई संस्कार सिकाउन छोरी चेलिलाई सम्मान गर्न सिकाउन सकियो भने पनि यस्ता किसिमको अपराधिक घट्नमा कमि आँउछ की ।

हामी स्वय नै वलीयो हुुन् जरुरी छ । हामीले आफुुमा परेको हिंसाको विरुद्ध बारेमा आँट गरेर भए पनि बोल्नु आवश्यक छ ।हामीले वोल्दा निस्वार्थ रुपमा हामीलाई सहयोग गर्ने र बुुझ्नेहरुको साथ पाउँछौ /

साथै हामीले हाम्रो पठ्यक्रममा पनि बच्चाहरुलाई हिंसा भनेको के हो कस्तो अपराध गर्यो भने कस्तो सजाय पाउन सकिन्छ जस्ता अन्य नैतिक शिक्षाको कुुराहरु समावेश गर्न पो सकिन्छ कि ।

त्यस्तै आफुमा परेको हिंसाको विरुद्धमा आफै वोल्न जरुरी छ । हामी स्वय नै वलीयो हुन जरुरी छ । हामीले आफुमा परेको हिंसाको विरुद्ध बारेमा आँट गरेर भए पनि बोल्नु आवश्यक छ ।

हामीले वोल्दा निस्वार्थ रुपमा हामीलाई सहयोग गर्ने र बुुझ्नेहरुको साथ पाउँछौ । त्यसैले हिंसाको विरुद्ध वोल्न जरुरी छ । अपराधलाई सहेर बस्ने होइन कि अपराधको उजागर गरेर सजाय दिन आवश्यक रहेको छ ।

You might also like
Comments
Loading...