बलात्कार घटनामा हदम्याद बढाउन नेविसंघको माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ ।
नेविसंघले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’लाई भेटेर बलात्कार घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको हो ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिए ।
“बलात्कार जस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन हुँदैन, दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन गर्नुपर्छ”, उनले भने ।
नेविसंघले हिंसा र जघज्य अपराधका मुद्दामा अदालतमा पनि चाँडो मुद्दा फैसला हुने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।
भेटमा मन्त्री शर्माले कुनै पनि घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने दायित्व राज्यको भएकाले राज्य यस्ता विषयमा संवेदनशील रहेको बताए ।
यस्ता घटनाबारे आवश्यक कानून संशोधन प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




