अक्षरा स्कुलको १०औं वार्षिकोत्सवको अवसरमा वर्षभर विविध कार्यक्रम

काठमाडौं । अक्षरा स्कुलले १०औं वार्षिकोत्सवको अवसरमा वर्षभर विविध कार्यक्रम गरिरहेको छ । यसैक्रममा स्कुलका विद्यार्थीले वातावरण संरक्षणसँग सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

स्टुडेन्ट काउन्सिलको नेतृत्वमा विद्यार्थीहरुले विद्यालय आसपासका क्षेत्रमा सचेतना र्याली निकालेका हुन् । सहभागी विद्यार्थीले ‘प्लाष्टिक जथाभावी नफालौं’, ‘वातावरण संरक्षण गरौं’ लगायतका सन्देश प्रदान गर्ने प्लेकार्ड प्रदर्शन गरेका थिए । प्लाष्टिकको झोलाको सट्टामा वातावरणमैत्री झोला प्रयोग गर्न, प्लाष्टिकलाई पुन प्रयोग गर्न, फोहोरलाई जथाभावी नफाल्न र कुहिनो फोहोरलाई सदुपयोग गरी कम्पोष्ट मल बनाउन विद्यार्थीहरुले सर्वसाधरणलाई आग्रहसमेत गरेका थिए । अक्षराका विद्यार्थीहरुले समय समयमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

‘वातावरण संरक्षणसँग सम्बन्धित सचेतना प्रवाह गर्दै विद्यार्थीले निकालेको र्याली निकै उपलब्धपूर्ण भएको महसुस गरेका छौं,’ स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले भनिन् । स्कुलले यस अगाडि पनि सचेतनामूलक विविध कार्यक्रम गर्दै आइरहेको छ । स्कुलमा १० वर्षसम्म सेवा गरेका कर्मचारीलाई स्कुलले यसैवर्ष सम्मान समेत गरिसकेको छ । फागुन ३० गते सोमबार स्कुलले ‘अक्षरा चिल्ड्रेन्स लिटरेचर फेस्टिभल’समेत आयोजना गर्दैछ ।

अक्षराले एक दशक सफलतापूर्वक र उद्देश्यसहित पुरा गरी एघार वर्षको पनि अन्तिम यात्रामा प्रवेश गरेको बताउँदै प्रिन्सिपल भट्टराईले १० वर्षसम्मको यात्रामा निरन्तर साथ र सहयोग प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् ।

‘हाम्रो भिजनलाई विगतदेखि वर्तमानसम्म साथ दिनुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, प्रत्यक्ष-अप्रत्यक्ष रुपमा हामीलाई सहयोग, समर्थन, हौसला, माया र प्रोत्साहन गर्नुहुने सम्पूर्ण शुभेच्छुक एवं शुभचिन्तकहरुमा स्कुल परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ,’ उनले भनेकी छन् ।

You might also like
Comments
Loading...