शिक्षा

अक्षरा स्कुलको १०औं वार्षिकोत्सवको अवसरमा वर्षभर विविध कार्यक्रम

काठमाडौं । अक्षरा स्कुलले १०औं वार्षिकोत्सवको अवसरमा वर्षभर विविध कार्यक्रम गरिरहेको छ । यसैक्रममा स्कुलका विद्यार्थीले वातावरण संरक्षणसँग सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

स्टुडेन्ट काउन्सिलको नेतृत्वमा विद्यार्थीहरुले विद्यालय आसपासका क्षेत्रमा सचेतना र्याली निकालेका हुन् । सहभागी विद्यार्थीले ‘प्लाष्टिक जथाभावी नफालौं’, ‘वातावरण संरक्षण गरौं’ लगायतका सन्देश प्रदान गर्ने प्लेकार्ड प्रदर्शन गरेका थिए । प्लाष्टिकको झोलाको सट्टामा वातावरणमैत्री झोला प्रयोग गर्न, प्लाष्टिकलाई पुन प्रयोग गर्न, फोहोरलाई जथाभावी नफाल्न र कुहिनो फोहोरलाई सदुपयोग गरी कम्पोष्ट मल बनाउन विद्यार्थीहरुले सर्वसाधरणलाई आग्रहसमेत गरेका थिए । अक्षराका विद्यार्थीहरुले समय समयमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

‘वातावरण संरक्षणसँग सम्बन्धित सचेतना प्रवाह गर्दै विद्यार्थीले निकालेको र्याली निकै उपलब्धपूर्ण भएको महसुस गरेका छौं,’ स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले भनिन् । स्कुलले यस अगाडि पनि सचेतनामूलक विविध कार्यक्रम गर्दै आइरहेको छ । स्कुलमा १० वर्षसम्म सेवा गरेका कर्मचारीलाई स्कुलले यसैवर्ष सम्मान समेत गरिसकेको छ । फागुन ३० गते सोमबार स्कुलले ‘अक्षरा चिल्ड्रेन्स लिटरेचर फेस्टिभल’समेत आयोजना गर्दैछ ।

अक्षराले एक दशक सफलतापूर्वक र उद्देश्यसहित पुरा गरी एघार वर्षको पनि अन्तिम यात्रामा प्रवेश गरेको बताउँदै प्रिन्सिपल भट्टराईले १० वर्षसम्मको यात्रामा निरन्तर साथ र सहयोग प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् ।

‘हाम्रो भिजनलाई विगतदेखि वर्तमानसम्म साथ दिनुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, प्रत्यक्ष-अप्रत्यक्ष रुपमा हामीलाई सहयोग, समर्थन, हौसला, माया र प्रोत्साहन गर्नुहुने सम्पूर्ण शुभेच्छुक एवं शुभचिन्तकहरुमा स्कुल परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ,’ उनले भनेकी छन् ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...