फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण

काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो । यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ ।
आइएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने ‘फोनपे आम ग्राहकले सुरक्षित् तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ । त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ । आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ ’ ।
यस्तै फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले भने ‘आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ । यसमा सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश छ । त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सिमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहित छ ।
फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




