प्रमुख खवर

म्याग्दीका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा ओझेलमा

गलेश्वर । तत्कालीन पर्वत राज्यको मुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट, ताकम र ज्यामरुककोटमा रहेको ऐतिहासिक देवल र पुरातात्विक सम्पदा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

यहाँ मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल, मठमन्दिर, कुवाँ, धारा, ओखल आदि सम्पदा प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा पर्दै गएका हुन् ।

वडा दसैँ, चैते दसैँ, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र विभिन्न चाढ पर्वहरुको समयमा मानिस जम्मा हुने मात्रै तर ती ऐतिहासिक धरोहरका अमूल्य सम्पदाको मर्मत-सम्भार, संरक्षणबारे कुनै योजना नबनाउँदा नष्ट हुँदै गएका हुन् ।

म्याग्दीका विभिन्न ठाउँमा ढुङ्गैढुङ्गाले बनेका शिखर शैलीका थुम्का, देवल र मठ रहेका छन् । पर्वतका मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुँवा पनि संरक्षणको अभावमा पुरिँदै जान थालेका स्थानीयले बताएका छन् ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा विसं २०७७ को मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गरेका छन् ।

१४औँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले नेपालभर प्रसिद्ध छ ।

यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरबारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ । यहाँ प्रशस्तै ऐतिहासिक सम्पदा रहेका भए पनि संरक्षणको अभावमा ती सम्पदाहरू लोपहुँदै गएका स्थानीय यामबहादुर बानियाँले बताए ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो ।

यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका विभिन्न स्थानीय तहका मनोरम दृष्यावलोकन गर्न सकिने स्थानीय बासिन्दासमेत रहनुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले बताए ।

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ । दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिए ।

उनले भने , “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेर पनि यो ठाउँको प्रचारप्रसार जत्ति हुनुपर्ने हो, त्यति हुन सकेन, यदि राम्रोसँग प्रचारप्रसार गरी सम्वन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।”

ढोलठानबाट पूर्वोत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमालका लर्कनहरु आँखैअगाडि ठिंग उभिएझैँ देखिन्छ । ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादक पदार्थ सेवन र मांसाहार निषेधित क्षेत्रमा नेपालकै उदाहरणीय गाउँ हो ।

यस गाउँमा प्रशिद्ध चर्चित जगन्नाथ मन्दिर रहेको छ । ज्यामरुककोटमा रहेको ५०० वर्ष पुरानो राजकुवा पनि संरक्षणको अभावमा पुरिँदै गएको स्थानीय खिमबहादुर कार्कीले जानकारी दिए ।

विसं २०७६ मा स्थानीयको पहलमा सामान्य पुनःनिर्माण भए पनि अन्य ठाउँबाट भने संरक्षणका लागि प्राथमिकतामा नपरेको र पछिल्लो समयमा कुवा जीर्ण बन्दै गएको छ ।

ज्यामरुककोटका यस्ता पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवद्र्धनका लागि आफूले प्राथमिकताका साथ काम गर्ने बेनी नगरपालिका-२ का नवनिर्वाचित वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...